Apr 15, 2012

Khas Ta kei Chaina Yo Jindakima (Nepali) - Rajesh Pal Rai

खास त केही छैन यो जीवनमा जिन्दगीमा
खास त केही छैन यो जीवनमा जिन्दगीमा
म निदाको छैन अझै नि तिम्रो यादमा बिउँझेकै छु
सास रोकिन खोज्छ अझै नि तिम्रो यादमा बल्झेकै छु
खास त केही छैन यो जीवनमा जिन्दगीमा 

जिउन त जिउछन् सबै अर्ध जिवन बाँचेकै छु
मर्नु अघि एक नजर अझै पनि साँचेकै छु
म मरेको छैन अझै नि तिम्रै यादमा बाँचेकै छु
आशुँ रित्तिदै छन् सुख मन तिम्रो लागि साँचेकै छु
खास त केही छैन यो जीवनमा जिन्दगीमा 

टुटिदिन्छ हृदय मेरो बल्झिन्छन् घाउहरु
हाँसेर अघि बढ्न खोज्छु रोकिन्छन् पाउहरु
टुटिदिन्छ हृदय मेरो बल्झिन्छन् घाउहरु
हाँसेर अघि बढ्न खोज्छु रोकिन्छ पाउहरु
म हारेको छैन अझै नि तिम्रो माया डुबेकै छु
म भागेको छैन तिम्रो प्रेममा अडेकै छु
खास त केही छैन यो जीवनमा जिन्दगीमा
म निदाको छैन अझै नि तिम्रो यादमा बिउँझेकै छु
सास रोकिन खोज्छ अझै नि तिम्रो यादमा बल्झेकै छु
खास त केही छैन यो जीवनमा जिन्दगीमा

No comments:

Post a Comment