Jan 29, 2014

Aakhir kina(आखिर किन)

आखिर किन ?
क्षणभरको सुन्दरता छर्नका लागि बसन्त यो आउँछ किन ?
शिशिरको आगमनसँगै सारा सुन्दरता उजाडिन्छ किन ?
कठ्याङ्ग्रिदो शरदसँगै फूल ओइली झर्छ किन ?
पलभरको हाँसो पछि नैराश्यता र रोदन छाउँछ किन ?
सुखी–सम्पन्न मानिसले पनि दुःखको सामना  गर्नुपर्छ किन ?
दुःख पाउने थाहा हुँदाहुँदै क्षणिक सुखमा मानिस रम्छ किन ?
चोखो निश्चल मायामा पनि बिछोडको पीडा हुन्छ किन ?
बिछोडको पीडा भएता पनि मानिस मायामा फस्छ किन ?
सोझो बाटोमा हिंड्दा पनि ठेसमाथि ठेस लाग्छ किन ?
सम्झौता गर्न खोज्दा खोज्दै पाइला लारखराउँछ किन ?
हरेक मानिस जन्मेपछि  एकदिन अवश्य मर्छ किन ?
प्रत्येक पल्ट सुख पछि दुःख आउँछ किन ?
तैपनि मानिस दुःखलाई आत्मसाथ गर्नसक्दैन किन?
यी सबै प्रश्नको उत्तर पाउँदिन म किन ? आखिर किन ?

No comments:

Post a Comment